Techie IT
आईतबार, साउन २४,२०८३

निषेधाज्ञाबाट प्रभावितहरुलाई ‘हर्के हल्दार’ टिमको साथ


काठमाडौं । समाजसेवी एवम् हास्य टेलिशृंखला ‘हर्के हल्दार’ का निर्माता इन्द्र दोङ्ग लामा खम्बे र उनको सम्पूर्ण ‘हर्के हल्दार’ टिम यतिबेला दीनदुःखीको सहयोगमा लागिपरेका छन् । कोभिड–१९ का कारण निम्तिएको निषेधाज्ञा लगायत अन्य जटिल परिस्थितिमा उनीहरुले धेरैजनाको भोक टारिदिन सफल भएका छन् । निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेदेखि अन्य असहायलाई उनीहरुले खाद्य सामाग्री वितरण गर्दै आएका छन् ।

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रामा खाद्यान्न अभावका कारण मजदुरहरु भोकभोकै हुन थालेपछि वर्षाका बाबजुत पनि सामाजिक अभियान्ताहरुले पिडितहरुको आँशु पुछ्ने काम गरेका छन् । निषेधाज्ञाले खाना मात्र पाएका थिएनन् तर बाढी पहिरोले त कतिको बस्ने बास नै छैन भने कतिले ज्यान गुमाएका छन् । पक्कै पनि अहिले सरकारले गर्नुपर्ने काम सामाजिक अभयन्ताहरुले गरेको देख्न सकिन्छ ।

अभियानमा विशेषगरी विराज पेन्ट्सबाट सहयोग प्राप्त भएको बताउँदै समाजसेवी लामाले अभियानमा सहयोग गर्ने बसुन्धारा निवासी समाजसेवी दिपक भण्डारी र सम्पूर्ण सहयोगी दाताहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण कलाकार मित्रहरूलाइ धन्यवाद व्यक्त गरेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #‘हर्के हल्दार’ टिम


तपाईको कमेन्ट लेख्नुहोस्