Techie IT
शुक्रबार, साउन २९,२०८३

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसका संस्थापक परमानन्द केजरीवालको निधन


दुर्गा प्रसाद चौलागाँई

काठमाडौ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसका संस्थापक श्री परमानन्द केजरीवालको निधन भएको छ ।
नेपालको पहिलो सुचना प्रविधी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (LBEF) क्याम्पसका संस्थापक श्री परमानन्द केजरीवालको ६६ वर्षको उमेरमा काठमाण्डौंमा आईतवारका दिन असामयिक निधन भएको छ ।

 

श्री केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षाप्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षा को विकास गर्नकोलागी सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।  लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जालानले साझा पानालाई जानकारी दिनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #परमानन्द केजरीवाल


तपाईको कमेन्ट लेख्नुहोस्