Techie IT
आईतबार, साउन २४,२०८३

खाँदबारीमा ढलानको सेटिङ खोल्ने क्रममा २ जनाको मृत्यु


संखुवासभा, ७ असार । खाँदबारी नगरपालिका–४ सेखा बस्ने नरेश गुरुङको घरमा नयाँ शौचालय बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा चोट लागेर २ जनाको आइतबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही नगरपालिका–५ बस्ने ३७ वर्षीय ताराबिर गुरुङ र सोही नगरपालिका–४ बस्ने २४ वर्षीय ईश्वर बहादुर राई रहेका छन् ।

सेटिङ खोल्ने क्रममा उनीहरु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मानेभञ्याङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।

सामान्य घाइते भएका सोही ठाउँ बस्ने २४ वर्षीय मैते शेर्पाकोको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #खाँदबारीमा ढलानको सेटिङ


तपाईको कमेन्ट लेख्नुहोस्