टोखा नगरपालिकाद्धारा मेलम्ची तथा हेलम्बु बाढी पिडितका लागि बिस लाख सहयोग
काठमाडौँ । टोखा नगरपालिकाद्धारा मेलम्ची तथा हेलम्बु बाढी पिडितहरुको राहत तथा उद्दारका लागि मेलम्ची र हेलम्बु नगरपालिकालाई बिस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
टोखा नगरपालिकाको कार्यपालीकाको बैठकको निर्णबाट बाढीले भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न मेयर प्रकाश अधिकारीले आज राहातको घोषणा गरेका हुन् ।
मेलम्ची नै काठमाडौंको पानीको प्रमुख स्रोत भएको र सोही स्थानमा विपद् पर्दा नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर अधिकारीले बताए।
मंगलबार राति आएको बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ। मेलम्ची र हेलम्बुका कयौं क्षेत्र डुबानमा परेका छन्। सयौं मानिस विस्थापित भएका छन् भने अर्बौंको क्षति भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका, #हेलम्बु बाढी पिडितका लागि बिस लाख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्