राससको महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त गर्ने निर्णय
असार ७ । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका पत्रकार राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले राससको महाप्रबन्धकमा पत्रकार राईसहित तीन जनाको नाम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित नाममध्ये राईलाई नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिनुभयो ।
धनकुटामा लामो समय पत्रकारिता गरी पाँच बर्षअघिबाट राई राजधानी काठमाडौंमा रहेर सक्रिय पत्रकारितामा हुनुहुन्छ । राई ब्यावसायिक पत्रकारितामा अब्बल मानिनु हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सिद्धराज राई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्