जर्मनीबाट तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
काठमाडौँको तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको छ । जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो । उक्त सामग्री काठमाडौँ महानगरपालिका–१६ को समन्वयमा हस्तान्तरण गरिएको छ ।
तारकेश्वरको साङ्लामा स्थापना गरिएको कोभिड–१९ आइसोलेशन केन्द्रमा प्रयोग गर्नका लागि आइतबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नगरप्रमुख बोहोराले कोरोना महामारीको विषम परिस्थितिमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष रिजालले उक्त स्वास्थ्य सामग्री जनमैत्री अस्पतालका लागि पठाइएको भए पनि जनमैत्री अस्पतालभन्दा तारकेश्वरलाई आवश्यक परेकाले नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
उक्त सामग्री लालीगुँरास परिवारका अध्यक्ष टेक थापालगायत कार्यसमितिको अग्रसरतामा खरिद गरेर गैरआवासीय नेपाली सङ्घमार्फत नेपाल पठाइएको थियो ।
विगतमा पनि लालीगुराँस परिवारले नेपालमा परेका विभिन्न समस्यामा सहयोग गर्दै आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरको आइसोलेसन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्