वाग्मती सरकारद्धारा विभिन्न छ अस्पताललाई सहयोग , हेनुहोस कुन कुन ?
वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न छ अस्पताललाई कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रु दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत छ अस्पताललाई उक्त रकम उपलब्ध गराउने भएको हो ।
निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई रु २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई रु २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई रु ३० लाख, भक्तपुरको नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई रु ३५ लाख, काठमाडौँको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई रु एक करोड उपलब्ध गराइने छ ।
यसैगरी बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय गरेको छ ।
मनसुनबाट हुने क्षति रोकथाम एवं उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्रअन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको हो ।
समितिले प्रदेश विपद् व्यवस्थापन कोषमा रु १० करोड रकम थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि विपद् व्यवस्थापन गर्न रु १० करोड बजेट विनियोजन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वाग्मती सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्