उद्योग वाणिज्य संघ र हिमालय सिमापार वाणिज्य संघद्धारा मेलम्ची बाढी पीडितका लागि राहत
मेलम्ची । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघले मेलम्ची बाढी पीडितका लागि राहत वितरण गरेको छ ।
दुवै संगठनका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीमा १५० बोरा चामल, ४५० किलो दाल, १५० केजी नुन, १५० केजी तेल, १५० केजी मस्यौरा, १५० पिस पोलार, म्याट्रिस ४८० मिटर र त्रिपाल १५० वटा वितरण गरेको हो । साेही परिणाममा हेलम्बुमा पनि राहत वितरण गरेको संघ निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठले बताए ।
हेलम्बु बाढी पिडितलाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ , नेपाल हिमालय सिमापार बाणिज्य संघ र सिन्धु बिजनेस ग्रुपको साझेदारी कार्यक्रममा खाद्य सामाग्री , त्रिपाल, पोलार ,मेट्रेस ,जेनेटर र सोलार लाइट अध्यक्ष होम ब. बस्नेत ज्युबाट हस्तान्तरण गर्नु भयो ।
आज २०७८ साल आषाढ ४ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होम ब. बस्नेत, निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ, वरिस्ठ उपाध्यक्ष रामकाजी पौडेल, द्धितीय उपाध्यक्ष अमृत कार्की, उपाध्यक्ष जगनाथ चालिसे, सदस्य रुपक धिताल, रामबाबु श्रेष्ठ , रबिन रोक्का साथै नेपाल हिमालय सिमापार बाणिज्य संघका निवरतमान अध्यक्ष बच्चु पौडेल , बरिस्ठ उपाध्यक्ष रामहरी कार्की, उपाध्यक्ष सुजित बस्नेत, उपाध्यक्ष नयन पन्डित क्षेत्री, सिन्धु बिजनेस ग्रुपका दिनेश पौडेल, रत्न पराजुली र राजेन्द्र रिजाल हेलम्बु र मेलम्ची पुगेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्