पार्किङ गरिराखेको कार जमिन भासिएर खाल्डोमा
भारतको मुम्बईमा पार्किङ गरिराखेको कार खाल्डोमा खसेको भिडियो भारतमा निकै चर्चित भइरहेको छ ।
घटना आइतबार मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । भारी वर्षाका कारण पार्किङमा राखिएको कार मुनिको जमिन भासिएर कार पानीले भरिएको खाल्डोमा खसेको हो ।
मुम्बईको ट्राफिक प्रहरी विभागले दिएको जानकारी अनुसार त्यो कार त्यही क्षेत्रमा बस्ने डा.पी दोषीको हो । कार खाल्डोमा डुब्दै गरेको भिडियो नजिकै घर भएका एक युवाले घरको बरन्डाबाट खिचेका थिए।
आइतबार राति मुम्बई नगरको टिमले खाल्डोको सबै पानी बाहिर निकालेर क्रेनको सहायताले निकै मुस्किल सँग कार बाहिर निकाले ।
कारधनी डा. दोषीले बताए अनुसार त्यहाँ करिब १०० वर्ष पुरानो इनार थियो । पछि त्यो इनारलाई स्ल्याबले छोपियो । त्यही स्ल्याब कमजोर भएर जमिन भासिँदा यस्तो घटना भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #पार्किङ गरिराखेको कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्