डीआईजी सरुवा : मिडिया ट्रायल गरेर प्रतिस्पर्धी उछिन्नेहरूलाई ठेगान लगाउने
काठमाडौं, ४ असार । नेपाल प्रहरीका नायब महानिरीक्षकहरू (डीआईजी)को सरुवा चर्चा भएसँगै आकर्षक ठाउँमा जान चलखेल शुरु भएको छ ।
केही डीआईजीहरूले मिडिया ट्रायल गरेर प्रतिस्पर्धीहरूलाई उछिन्ने प्रयासहरू गरेको चर्चा छ । विशेष गरेर प्रदेशहरूमा प्रमुख बनेर जान डीआईजीहरूका बीच तछाडमछाडनै चलेको छ । अन्य आर्षक ठाउँमा जानेहरूको पनि तछाडमछाड छ ।
प्रहरीका डीआईजीहरूको सरुवाको तयारी पनि भएको छ । तर, सरुवा नहुँदै यो डीआईजीलाई यो ठाउँ वा त्यो ठाउँ भनेर मिडिया ट्रायल हुन थालेपछि विवाद भएको हो ।
नेपाल प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले डीआईजीहरूको सरुवाको समय भएको भन्दै बाढीपहिरोमा परेकाहरूको उद्धार र राहत दिने कार्य लगत्तै निर्णय हुने जानकारी दिए । उनले भने, ‘डीआईजीहरूको सरुवा हुने समय भयो । बाढीपहिरोको उद्धारमा खटिनुपर्ने भएकाले निर्णय भएको छैन । २–४ दिनभित्रै सुरुवाको निर्णय हुन्छ । यति नै समयमा सरुवाको निर्णय हुन्छ भनेर भन्न सकिँदैन ।’
भारतसँग सिमाना जोडिएका प्रदेशहरूमा प्रमुख बनेर जान ४–५ जना डीआईजीहरू हातधोएर लागेका छन् । ती डीआईजीहरूले गृहमन्त्री खगराज अधिकारी र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीलाई विवादमा जोडेर बद्नाम गर्ने प्रयासहरू गरेका छन् । यस्ता धुन्दुकारी डीआईजीहरूको हर्कतको पछाडि लाग्ने पक्षमा गृहमन्त्री अधिकार छैनन् । मिडियामा आएका कुरा वा चाकडी गर्नेहरूको कुरा सुन्ने पक्षमा गृहमन्त्री अधिकारी छैनन् ।
गृहमन्त्री अधिकारी प्रहरीभित्र धेरै राजनीतिक हस्तक्षेप गर्ने पक्षमा पनि छैनन् । उनले आफ्ना बिफ्रिङहरूमा पनि अनावश्यक हस्तक्षेप नगर्ने बताउने गरेका छन् ।
एकजना डीआईजीले भनेका छन्, ‘गृहमन्त्री खगराज अधिकारी व्यवसायिक र निस्पष्क्ष काम गर्ने व्यक्तिका रुपमा मैले चिनेको छु । उहाँले स्वास्थ्य मन्त्री भएर जिम्मेवारी सम्हाल्दा धेरै राम्रो काम गर्नुभएको थियो । गृह मन्त्रालयमा पनि उहाँले त्यही दक्षता देखाउनु हुनेछ भन्ने अपेक्षा छ । मिडियामा आएका र गफाडीहरूका गलत कुराहरूलाई सुन्नु हुनेछैन ।’
प्रहरीभित्र आफ्ना प्रतिस्पर्धीहरूलाई विभिन्न आरोप र आक्षेपहरू लगाएर समाचार लेखाउने, निर्णय हुनुभन्दा पहिला समाचार लिक गराउने, बद्नाम गर्ने, नभएका कुराहरू प्रहरी नेतृत्वसमक्ष पु¥याउने गर्दा धेरै प्रहरी कर्मचारीहरू पीडित हुनु परेको छ ।
गृहमन्त्री अधिकारीले पनि सक्षम र राम्रा डीआईजीहरूलाई उपयुक्त जिम्मेवारी दिने पक्षमा रहेको स्रोतको भनाइ छ । अधिकारीले कसैको भनसुन वा दवावमा परेर भन्दा पनि कुशल डीआईजीहरूलाई जिम्मेवारी दिने अडान राखेको चर्चा पनि छ ।
आईजीपी थापा पनि डीआईजी सुरुवामा धेरै विवाद खडा गर्ने पक्षमा छैनन् । उनले सक्षम डीआईजीहरूलाई जिम्मेवारी दिएर अगाडि बढ्ने पक्षमा छन् । तर, आईजीपी थापालाई आफू वरीपरी गर्ने ‘हनुमान’हरू र मिडिया ट्रायल गर्नेहरूको कुरा धेरै सुन्ने गरेको भनेर आक्षेपहरू लाग्ने गरेको छ ।
मिडियामा आउने समाचारलाई आधार बनाएर आईजीपी थापाले धारणा बनाउँदा राम्रा र सक्षम प्रहरी कर्मचारीलाई समस्या परेको गुनासाहरू पनि आउने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डीआईजी सरुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्