बिपत व्यवस्थापन प्रति समयमै सतर्कता अपनाउन पुर्ब राज्यमन्त्री खड्काको अपिल
केहिदिन यता परेको अविरल बर्षाका कारण मुलुकको विभिन्न स्थानमा ठुलो धनजनको क्षति भएको छ । अझै पुर्वी भागमा अविरल वर्षा हुने मौसम विदहरुको पुर्वाअनुमान भएकाले तिनतहकै सरकारलाई सजकता अपनाउन पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले अनुरोध गर्नुभएको छ ।
क्षती न्युनिकरणमा लाग्न स्थानिय सरकार सँग पुर्ब राज्यमन्त्री खड्काले अपिल गर्नुभएको हो । आजबाट पुर्वी क्षेत्रमा अविरल वर्षा हुन सक्ने मौसम विदहरुको पुर्वाअनुमान रहेकाले सम्पुर्णमा सजक, सचेत र सुरक्षित रहन खड्काले अनुरोध गर्नुभएको छ । अविरल वर्षाका कारण मुलुकको विभिन्न स्थान सिन्धुपाल्चोक, लमजुङ, गोरखा, कास्की, मनाड़, मुस्ताङ लगायतका जिल्लाहरुमा भयावह स्थिती श्रृजना भई ठ्रलो मात्रामा जनधनको क्षति भएको प्रति दुख व्यक्त गदै मृत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समेवदना समेत प्रकट गर्नुभएको छ । पिडितालई क्षतिपूर्ति, राहत र उद्धारको उचित व्यवस्था मिलाउन सरकार संग खड्काले अपिल मार्फत जोडदार माग गर्नुभएको हो ।
पूर्व राज्य मन्त्रीको अपिल
” अपिल “
केहिदिन यता मुलुकमा परेको अविरल बर्षाका कारण भयावह स्थिती श्रृजना भएको छ। ठूलो मात्रामा जनधनको क्षति भएको छ । मृत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा समबेदना प्रकट गर्द्छु । क्षतिपूर्ति , राहत र उद्दारको उचित ब्याबस्था मिलाउन सरकार सङ्ग जोड्दार माग गर्दै उद्दारमा खटिनुहुने सम्पुर्ण महानुभाबहरुमा आभर ब्यक्त गर्दछु । आज बाट फेरि नेपालको पुर्बी भागमा अविरल वर्षा हुने मौसम बिदहरुको भनाइ छ । तसर्थ संखुवासभा लगायत सम्पुर्ण पुर्बी नेपालका तिनतहकै सरकार र सरोकार निकायहरुमा अबश्यक तयारीमा रहन र क्षति हुन नदिन पुर्णरुपले ब्यबस्थित हुन विशेष आग्रह गर्दछु । सथै सम्पुर्ण आमा बुवा , दिदिबहिनी दाजुभाइहरुमा पनि सजक सचेत र सुरक्षित रहन अनुरोध गर्दछु ।
“जय नेपाल”
दिपक खड्का-
पुर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री
संखुवासभा
क्याटेगोरी : tags, विशेष, समाचार
ट्याग : #पूर्व राज्यमन्त्री दिपक खड्का, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्