एमाले एकजुट बनाउन स्थायी कमिटी बैठकको मोडालिटी तयार गरिदै
काठमाडौँ । नेकपा (एमाले)को संयुक्त स्थायी कमिटी बैठकका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि नेताहरुलाई बालुवाटार बोलाउनु भएको छ । छलफलमा महासचिव ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका सल्लाहकारलगायत रहेका छन्।
बालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकको मोडालिटी तयार पार्नका लागि नेताहरु जुट्नुभएको हो । माधवकुमार नेपालसहितका नेताहरुलाई समेट्ने गरेर साझा मोडालिटी तयार बनाएर बैठकको आह्वान हुनेछ । बैठक बस्नुअघि माधव नेपालपक्षसँग एक पटक बसेर सहमति गर्ने तयारी समेत रहेको छ । अब बस्ने स्थायी कमिटी बैठक २०७५ जेठ ३ को स्वरुपमा पदाधिकारीसहितको बैठक बस्नेछ ।
माधव नेपालपक्षले यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्नका लागि आगामी बस्ने बैठकमा प्रधानमन्त्रीले आह्वान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई एकजुट बनाउनका लागि ६ बुँदे आह्वान गरिसक्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्