ईन्द्रावतीले यसरी ध्वस्त बनायो मेलम्ची (तस्बिर)
मेलम्ची, २ असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोला (ईन्द्रावती नदी)मा आएको बाढीले ६ जनालाई बगाएको प्रहरीले आशंका गरेको छ ।
हेलम्बु गाउँपालिकाको खोला छेउ घर भएकाहरूलाई बगाएको हुन सक्ने अनुमान छ । खोलाले बगाएकाहरूको विवरण आएको छैन ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले ६ जना स्थानीयलाई खोलाले बगाएको आशंका गरिएको बताएका छन् ।
शेर्पाले भने, ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ । पूर्ण विवरण आएको छैन ।’
बाढीले ३ वटा पुल बगाएको छ । धेरै स्थानमा बाटो कटान गरेको अध्यक्ष शेर्पाले बताएका छन् ।
हेलम्बु गाउँपालिकाको तल्लो तिम्बु बजार बगाएको छ । किउलमा रहेको रेन्बो ट्राउट फर्मलाई पनि नदीले बगाएको छ ।
नदी छेउमा रहेको केही घरलाई पनि बगाएको शेर्पाले बताएका छन् ।
मेलम्ची–ईन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले सामान्य क्षति पुर्याएको मेलम्ची प्रहरी कार्यालयमा प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईन्द्रावती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्