प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ ।
केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमले प्रदेशस्तरमा अहिले सञ्चालन भइरहेका सङ्घअन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । ती अस्पतालले कोभिड–१९सँगै अन्य बिरामीको पनि उपचार गर्न सक्ने छन् ।
केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने व्यवस्था रहेको छ ।
उहाँका अनुसार प्रदेश–१ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश–२ जनकपुर प्रादेशिक अस्पताल वा नारायणी अस्पताल वीरगञ्ज, वागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई युनिफाइड अस्पताल बनाउन सकिन्छ ।
उहाँले यी अस्पताललाई युनिफाइड प्रादेशिक अस्पताल तोक्ने विषयमा मन्त्रालय र प्रदेश सरकारसँग छलफल भइरहेको बताउनुभयो । सरकारले कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृतरुपमा सञ्चालन र व्यवस्थापन गर्न केन्द्र र प्रदेशमा छुट्टाछुट्टै युनिफाइड अस्पताल सञ्चालनमा ल्याइने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्