Techie IT
बुधबार, मंसीर ३,२०८३

तार्केश्वरको जरंखुबाट नक्कली डिएसपी पक्राउ


काठमााडौं । महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) भनी चिनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना रहेको महाशाखा प्रमुख एसएसपी चन्द्र कुबेर खापुङले जानकारी दिए।

आफूलाई नेपाल प्रहरीको डाक्टर र मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) भनी प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखि नपाएको ओहोदा र पदवी पाएको भनि भ्रम छर्ने काम गर्दै आएका थिए । अपराध महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलिले तारकेश्वर नगरपालिका वडा नं ८ मा निजले संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको छ । उसले मृत्यु भएको श्रीमतीको नाममा मेडिकल सञ्चालन गर्दै आइरहेका थिए ।

खापुङकाअनुसार उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी भनेर चिनाउँदै आएका थिए।

प्रहरीले उनको साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको महाशाखाले जनाएको छ ।

उनीबाट कोही ठगीएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ।

उनको सन्दर्भमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्