काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के के गर्न पाइन्छ ?
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आजदेखि असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञालाई यसअघिको भन्दा केही खुकुलो बनाइएको छ ।
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि निषेधाज्ञा केही खुकुलो बनाएका हुन् ।
खाद्यान्न फलफूल र पुस्तक पसल खोल्ने समय पनि थपिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो । ‘११ बजेसम्म पसल खोल्ने समय थपिएको छ,’ उहाँले भन्नुभयो,’ ४ बजेदेखि हार्डवेयर र मोबाइलसमेत पसल खोल्न पाइने भएको छ ।’ होटल तथा रेष्टुरेन्टबाट ७ बजेदेखि होम डेलिभरी गर्न पाइने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
बैठकले अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिद गर्न घरबाट बाहिर निस्कन सक्ने निर्णय गरेको छ । त्यस्तै घर बाहिर निस्कँदा कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्नु पर्ने निर्णय गरेको छ । त्यस्तै अब सहकारी संस्था तथा रेमिटहरू आइतबार र बिहीबार मात्र खुल्ने भएको छ ।
त्यस्तै विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुन पाइनेछ । विवाह आफ्नो घर वा बसेको स्थानमा गर्न पाइनेछ । विवाह तथा व्रतबन्धको हकमा एउटा सवारी साधन (बेहुला/बेहुलीसहित) व्यानरका आधारमा आवतजावत गर्न पाइनेछ ।
उपत्यकामा कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते राती १२ बजेसम्म र त्यसपछि २० गतेबाट जेठ ३१ सम्म थपिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निषेधाज्ञा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्