खाँदबारी नगरपालिकामा ६३ देखि ६४ उमेर समुहकाले लगाए भेरोसेल खोप ( फोटो फिचर )
संखुवासभाको खाँदबारी नगरपालिकामा दुई दिनमा ३ सय बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । नगरपालिकाका ११ वटै वडामा खोप केन्द्र बनाएर नगरले यही जेठ २८ र २९ गते खोप लगाउने कार्यकम गरेको थियो ।

खाँदबारी नगरपालिकाले दोस्रोपटक ६३ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा ३ सय ५६ जना सहभागी भएको नगरको स्वास्थ्य शाखाले जानकारी गराएको छ । खोप अभियानको पहिलो दिन २ सय ७५ जना सहभागी भएका थिए भने दोस्रो दिन ८१ जना सहभागी भएको स्वास्थ्य शाखाका प्रमुख दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले खोप लगाउने कार्यसञ्चालन गर्दा नागरिकलाई सहज होस भनि २८ गते नगरको ११ वटै वडामा खोप कार्यक्रम संचालन गरेको थियो भने २९ गते जिल्ला अस्पताल खाँदबारीमा छुट भएका नागरिकलाई खोप कार्यक्रम गरिएको नगरको स्वास्थ शाखाले जनाएको छ ।

क्याटेगोरी : tags, फोटो फिचर, विशेष, समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #hot, #खाँदबारी नगरपालिका, #भेरोसेल खोप, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्