मादक पदार्थ सेवन गरी बिरामी बोक्ने एम्बुलेन्स चालक पक्राउ
चितवन । चितवनमा मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्जुङ मध्य नेपाल नगरपालिका १० बस्ने २४ बर्षीया बिकास मजाकोटी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (बुधबार) साँझ सवा चार बजे नमुना सामुदायिक बिकास समिति लम्जुङको ग २ च २००२ नम्बरको एम्बुलेन्समा बिरामी लिएर जाँदै गरेका एम्बुलेन्स चालक मजाकोटीलाइ प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एम्बुलेन्स सहित उनलाई नियन्त्रणमा लिईएको बताइएको छ । पक्राउ परेका मजाकोटीमाथि आवश्यक कार्बाही तथा अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्