गण्डकी प्रदेश सभा : विपक्षी गठबन्धनलाई साथ दिने मनाङेको संकेत
पोखरा, २७ जेठ । गण्डकी प्रदेश सभा विघटनको प्रस्ताव आएपछि युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले नेपाली कांग्रेससहितको विपक्षी दलहरूको गठबन्धनलाई साथ दिने संकेत गरेका छन् ।
बुधबार साँझ बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकमा मनाङे अनुपस्थित भएका छन् । मनाङेलाई गण्डकी प्रदेश सभा विघटनका लागि मनाउन एमालेका गण्डकी प्रदेशका सांसद राजिव पहरीसहित मनाङ जिल्लाका दुई सांसद फकाउन निवासमै पुगेका थिए ।
मनाङेले गण्डकी प्रदेश सभा विघटनको प्रस्तावलाई सिधै अस्वीकार गरिदिएका छन् । मनाङेको निर्णयले एमालेका नेताहरू र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तनाब भएको छ ।
मनाङेले पोखराका स्थानीय पत्रकारहरूलाई आफूले गण्डकी प्रदेश बचाउन कुनै पनि निर्णय र कदम उडाउन तयार रहेको बताएका छन् । उनले आफूलाई गण्डकी प्रदेश विघटनका लागि फकाउन मनाङका दुई सांसद र एमालेका राजिव पहरी घरमै आएको बताएका छन् ।
प्रदेश सभा रह्यो भने सबै मन्त्री बन्न सकिने भन्दै मनाङेले प्रदेश सभा विघटनमा आफूले साथ नदिने बताएका छन् ।
मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने तयारी गरेको एक दिन अगाडि मनाङेले आफूलाई नयाँ मोडमा लगेका छन् । मनाङेले सत्ता पक्षलाई साथ नदिने तयारी गरेका छन् । मनाङेले साथ छाड्ने हो भने संख्या नपुगेर मुख्यमन्त्री गुरुङको प्रदेश सरकार ढल्नेछ ।
मनाङेले मुख्यमन्त्री गुरुङलाई साथ दिएनन् भने नेपाली कांग्रेसलाई गण्डकी प्रदेशमा सरकार बनाउन बाटो खुल्ने सम्भावना बढेर गएको छ । कांग्रेसले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी प्रदेश सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्