चितवनमा लागूऔषध सहित एक महिला पक्राउ
चितवन । चितवनमा लागूऔषध कारोबार गर्ने एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वर्डा नम्बर १६ घर भई हाल सोही ठाउँको वर्डा नम्बर २ आदर्शनगरमा डेरा गरी बस्ने २५ बर्षीया एलिसा कुँवरलाई प्रहरीले प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हिजो (मंगलबार) दिउँसो ३ बजे कुँवरको कोठामा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध डाइजेप लेखिएको ८४ एम्पुल, नुरफ्रिङ लेखिएको ८२ एम्पुल, फेनारगन लेखिएको ८१ एम्पुल गरी २४७ थान ट्याब्लेटसहित एक थान मोबाईल र सत्र हजार पाँचसय पच्चिस रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेकी कुँवरमाथि सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्