संखुवासभाको आइसुलेसनलाई आरआरएनको जेनेरेटर सहयोग
संखुवासभाको आइसुलेसनलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन)ले दुई वटा जेनेरेटर सहयोग गरेको छ । खाँदबारी नगरपालिकाले संचालन गरेको दुई वटा आइसुलेसनका लागि १५ केभीए क्षमताको दुई जेनेरेटर उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो ।
छिनछिनमा विधुत् अवरुद्ध हुँदा आइसुलेसनमा प्रयोग हुने उपकरण सञ्चालनमा असहज भएको अवस्थामा जेनेरेटर उपलब्ध भएपछि सहज भएको व्यवस्थापन समिति अध्यक्ष शाक्यले बताउनुभयो । घण्टौं सम्म विधुत् अवरुद्ध हुँदा अक्सिजन कन्सनटेटर लगायतको उपकरण सञ्चालन गर्न नसक्दा विरामीहरुलाई समस्या हुने गरेको थियो । खाँदबारी र तुम्लिङटारमा सञ्चालनमा रहेको आइसुलेसन सञ्चालनका लागि जेनेरेटर सहयोग भएको खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले बताउनुभयो । नगर प्रमुख खतिवडाले भन्नुभयो –‘विधुत् अवरुद्ध हुदाँ विरामीहरु अन्धकारमा वस्नु पर्ने बाध्यताका साथै आवश्यक उपकरणहरु सञ्चालनमा समेत समस्या रहको थियो ।’ आइसुलेसन सञ्चालनमा समस्या भएपछि आरआरएन संग उक्त जेनेरेटर माग गरिएको खतिवडाको भनाई छ ।
खाँदबारी नगर र जिल्ला अस्पताल संखुवासभाले संयुक रुपमा खाँदबारी– ९ तुम्लिङटारमा ६५ वेड र मानेभञ्ज्याङमा ५० वेडको आइसोलेसन सञ्चालन गरिरहेको छ । त्यसैगरी चैनपुर नगरपालिकामा ५०, पाँचखपन नगरपालिकामा ५, मादी नगरपालिकामा ५, चिचिला गाउँपालिकामा ५ र मकालु गाउँपालिकामा ५ वेडको आइसुलेसन सञ्चालनमा रहेको छ । सिलिचोङ गाउँपालिकामा ५ र सभापोखरी गाउँपालिकामा ५ वेडको आइसुलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय संखुवासभाको तथ्याङ्कमा रहेको छ । भोटखोला गाउँपालिका र धर्मदेवी नगरपालिकामा भने हाल सम्म आइसुलेसन निर्माण भएको छैन ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #खाँदबारी नगरपालिका, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्