संखुवासभामा गर्भवतीको हेलिकप्टरबाट उद्धार ( फोटोफिचर )
जिल्ला अस्पताल संखुवासभामा सुत्केरी पछि अत्याधिक रक्तश्राव भएकी संखुवासभा मांतेवाकी २६ बर्षीया मुना बिकको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।

सिलिचोङ गाउँपालिका ४ मांतेवाकी बिक सुत्केरी हुन बिहिबार जिल्ला अस्पताल आउनुभएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम र सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत उँहालाई हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि संघीय राजधानी पठाइएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

जिल्ला अस्पतालमा डा भिमबहादुर लामाको टोलीले उँहाको शुक्रबार राति सफल सल्यक्रिया गरेका थिए । सुत्केरी भएपछि अत्याधिक रक्तश्राब भएपछि उँहालाई उद्धार गरेर काठमाण्डौ पठाउनु परेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । रक्तश्राब धेरै भएपछि आमाको अवश्था बिग्रिदै गएको र बच्चाको पनि अवश्था सामान्य नभएपछि हेलिकप्टरको विकल्प नभएको चिकित्सकको भनाई छ ।

जिल्लाबाट धरान या विराटनगर रिफर गर्दा धेरै समय लाग्ने भएकाले उँहाको थप उपचार गर्न हेलिकप्टरनै ल्याउनु परेको हो । राजधानीमा सुत्केरी उँहाको प्रशुति गृह थापाथलीमा उपचार हुनेछ । मुनाको यो सातौ पटकको गर्भ रहेको उपचारमा सम्लग्न स्वास्थयकर्मीले जानकारी दिए ।


क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार, स्वास्थ्य
ट्याग : #hot, #आमा सुरक्षा कार्यक्रम, #जिल्ला अस्पताल संखुवासभा, #राष्ट्रपति महिला उत्थान कार्यक्रम, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्