नाबालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
चितवन । चितवनमा आठ बर्षिया नाबालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तनहुँ बन्दीपुर नगरपालिका ६ घर भई हाल भरतपुर महानगरपालिका ७ स्थित माछापुच्छ्रेमा डेरा गरी बस्ने एक नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले उदयपुर कटारी नगरपालिका ६ घर भई हाल भरतपुर महानगरपालिका ९ बस्ने ३८ बर्षिया दिपमान सिंह राईलाइ (आइतबार) पक्राउ गरेको हो ।
पक्राउ परेका राइ र बालिकाकी आफन्त बिगत २ बर्ष देखी सामान्य चिनजान रहेको र सोही क्रममा राइले घरमा कोही नभएको अवस्थामा एकान्त समयको मौका छोपी शनिबार साँझ जवरजस्ती करणी गरेको बताइएको छ ।
पक्राउ परेका उनलाई सम्मानित चितवन जिल्ला अदालतबाट १० (दश) दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाले विहानैदेखि बान्ता गरेपछि आफन्तले घटना बारे थाहा पाएका हुन् । उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा रगत जमेको छ । घरमा बालिकाकी १० वर्षीय दाजु र आमा बसोबास गर्दै आइरहेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्