चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री हस्तान्तरण
सत्तारुढ नेकपा (एमाले) ले चिनियाँ कम्युनिस्ट पार्टीबाट कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क एक लाख थान सामग्री हस्तान्तारण गरिएको जनाइएको छ ।
सो कार्यले कोभिड–१९ का विरुद्धको लडाइँमा थोरै भए पनि मद्दत पुग्ने विश्वास सो पार्टीले लिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सामग्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्