तारकेश्वरमा लकडाउनमा कालोबजारी : मेडिकल र खाद्य पसलले म्याद नाघेका सामान दोब्वर मुल्यमा बेच्दै
तारकेश्वर नगरपालिकाभित्र विपद्को अवस्थामा व्यापारीहरुले धमाधम कालोबजारी गरिरहेका छन् । खाद्यक र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको भन्दै नगरवासीहरु आक्रोसित बनेका छन।
नगरपालिकाभित्र खाद्यान्न पसल र मेडिकलमा व्यापक कालोबजारी हुँदा पनि प्रभावकारी अनुगमन नभएको भन्दै स्थानीय आक्रोसित बनेका छन।
नगरपालिकामा संचालित मेडिकलहरुले एउटा सामानलाई मनलाग्दी रुपमा फरक फरक भाउमा बेच्ने गरेको स्थानीय संचार माध्यमहरुले गरेको स्थलगत अध्ययनमा पाइएको छ भने खाद्यान्न पसलहरुले पनि विषम परिस्थितिको फाइदा उठाउदै कालोबजारी गर्दै आएको भन्दै नगरवासीहरु आक्रोसित बनेका छन।
सरकारको बजेट भासण पश्चात साउन बाट बढाउनु पर्ने बजार भाउलाई पसले हरुले अहिले बाट नै वृद्धि गरेर नगरवासीको ढाड नराम्रो संग सेक्दा समेत कुनै देखिने कारवाही वा अनुगमन समेत नगरेको भन्दै एक स्थानीयले तत्काल आवस्यक कदम चाल्नका लागि नगरपालिकालाई आग्रह गरेका छन।
अहिले नगरपालिकाका हरेक मेडिकल र पसलहरुमा मनलाग्दी रुपमा बजार भाउ तय गरिएको छ भने कुनै पनि आवस्यक स्वास्थ्य मापदण्ड समेत पालना गरिएको छैन।
अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य वस्तुहरु र पेयपदार्थहरु भेटिएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #लकडाउनमा कालोबजारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्