Techie IT
आईतबार, साउन २४,२०८३

बुढानिलकण्ठ नगरपालिकाको तिन स्थानमा आजबाट भेरोसेल खोप लगाँइदै


काठमाण्डौँ- चिन सरकारको  सहयोगमा प्राप्त दश लाख कोभिड बिरुद्धको खोप आजबाट ६० बर्ष देखी ६४ बर्षका नागरिकलाई  देशभरको बिभिन्न स्थानमा लगाँइदै छ।

यसै अन्तरगत बुढानिलकण्ठ नगरपालिकामा  पनि आजबाट पहिलो डोज भेरोसेल खोप लगाउन सुरु गरिएको छ। नगरपालिकाले खोप सम्बन्धी सुचना जारि गर्दै खोप लगाउने स्थान र समय समेत तोकेको छ।

खोप लगाउनका लागी गणेश मा.बि; गणेश चोक वडा नं-२, बालउद्धार मा.बि वडा-१० र नेस्नल आडिएल बोर्डिङ स्कुल, मण्डिकाटार वडा-९ तोकिएका छन।यसैगरि खोप लगाउने समय बिहान ११ बजे देखी बेलुका ४ बजेसम्म तोकिएको छ।

सो खोप अभियान जेठ २७ गते, ३ दिनसम्म चल्ने छ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##कोभिड–१९ बिरुद्धको खोप


तपाईको कमेन्ट लेख्नुहोस्