देशभर गर्मी बढ्दै : तराईमा ३७ डिग्री सेल्सियस नाघ्यो, काठमाडौँमा पनि तापक्रम बढ्ने
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । मौसम सफा भएसँगै ह्वात्तै गर्मी बढेपछि तराईमा मानिसहरू घरबाहिर निस्कन छाडेका छन् । मनसुन भित्रन अझै केही दिन बाँकी रहेको र मौसम सफा भई दिनभर घाम लाग्दा गर्मी बढेको मौसमविदको भनाइ छ ।
तराईका जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस नाघेको छ । यो वर्ष गर्मी शुरू भएयताकै सबैभन्दा बढी हिजो भैरहवाको तापक्रम ३८ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ ।
शनिबार भैरहवामा ३७ दशमलव ८ डिग्री सेल्सियस पुगेको तापक्रम हिजो बढेर ३८ दशमलव ६ डिग्री पुगेको हो । भैरहवा, सिमरा, नेपालगञ्ज र जनकपुरको तापक्रम हिजोभन्दा आज बढ्ने मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाले आज तराईका जिल्लाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने बताउनुभयो ।
काठमाडौँ उपत्यकामा पनि गर्मी बढेको छ । केही दिनदेखियता काठमाडौँको तापक्रम बढेर ३०–३१ को हाराहारीमा पुग्ने गरेको छ । शनिबार काठमाडौँको तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस थियो भने हिजो ३१ डिग्री सेल्सियस पुगेको थियो । आज काठमाडौँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।
मौसम सफा भइ दिनभर घाम लाग्दा गर्मी बढेको हो । मनसुनी गतिविधि शुरू भएपछि फेरि तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रिने गर्दछ ।
यसपालि समयमानै मनसुन भित्रने मौसमविद्को अनुमान छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने अध्ययनले देखाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देशभर गर्मी बढे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्