केपी ओलीले एकताको ६ बुँदे प्रस्ताव गरेपछि माधव समूह आकस्मिक बैठक बस्दै
जेठ । प्रधानमन्त्रीसमेत एमालेका अध्यक्ष केपी ओलीले आन्तरिक एकताका लागि ६ बुँदे प्रस्ताव गरेपछि यस विषयमा संस्थागत धारणा बनाउन माधव नेपाल समूहले स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।
नेपाल समूहको बैठक सोमबार बिहान ११ बजे भर्चुअलमा रूपमा बस्नेछ । ओलीले आइतबार साँझ पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै माधव नेपाल पक्षसमक्ष ६ बुँदे प्रस्ताव राखेर एकताका लागि आह्वान गरेका छन् ।
नेपाल समूहमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, डा.विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायत नेता ओलीसँग सम्झौता गर्न हुन्न भन्ने पक्षमा छन् । योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेता ओलीको प्रस्तावप्रति सकारात्मक देखिएका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेता मध्यमार्गमा उभिएका छन् । वेदुराम मुसाल, झाँक्री, खतिवडालगायतले त प्रस्ट रूपमा विरोध जनाएका छन् ।
आफ्नो समूहभित्रै फरक–फरक धारणा आएपछि एउटै संस्थागत धारणा बनाउन नेपाल समूहले स्थायी कमिटी बैठक राख्न लागेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्