बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका ४९ जनाविरुद्ध २१ दिने सूचना
काठमाडौँ । मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको छ ।
दुई महिनाअघिनै ४९ जनाको घरमा म्याद तामेल गरिएकोमा जग्गा को कारण सरकारको नाममा ल्याउन नपर्ने भन्ने जवाफ दिन उपस्थित नभएको सूचनामा उल्लेख छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसहित ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो ।
यसअघि नै कुमार रेग्मी र नवीन पौडेलले आफ्नो नाममा रहेको जग्गा सरकारलाई बुझाइसकेकाले उनीहरुमाथि मुद्दा चलेको छैन । बाँकी सबैमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललिता निवास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्