लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी
काठमाडाैँ । मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ ।
बुर्लाकाेटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन समेत हुनुहुन्छ । अनलाइन मार्फत भएको निर्वाचनमा उहाँले १६४४ मत प्राप्त गर्नुभएको छ । कुल २९८२ मत मध्ये बुर्लाकोटीले १६४४ प्राप्त गर्नुभएको हो ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो ।
बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उहाँ सफल भएको लायन्स क्लवअफ काठमाडौं आधारकी अध्यक्ष धनमाया सिंजालीले बताउनु भयो । ।
विश्वका २ सय भन्दा बढी देशमा सक्रिय लायन्स अन्तर्राष्ट्रियमा बुर्लाकोटीले आफ्नाे गभर्नर कालमा धेरै नयाँ रेकर्ड बनाउन सफल हुनुभएको थियो ।
अध्यक्ष सिंजालीका अनुसार नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप गराउनुभएको थियो । गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उहाँले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालकृष्ण बुर्लाकोटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्