डरलाग्दो ठाउँ, जहाँ भुतलाई चढाइन्छ पानी र चुरोट
दुनियाँमा एउटा यस्तो ठाउँ छ जहाँ मानिसहरु भूतलाई बोतलको पानी र चुरोट चढाउँछन् ।
भूतलाई पानी र चुरोट चढाउने भन्ने कुरा सुन्दैमा कस्तो कस्तो लाग्छ । तर भारतको हिमाचल प्रदेशको एक पहाडी मार्गमा एउटा भूतको सानो घर छ । उक्त बाटो हुँदै हिँड्ने बटुवाहरुले त्यो घरभित्र रहेको भूतलाई पानीका बोतल र चुरोट चढाउँछन् । हुनेले दुबै चढाउँछन् र दुबै नहुनेले कम्तीमा पानी मात्र भएपनि चढाउँछन् ।
मनाली लेह मार्गस्थित झण्डै १७ हजार फुट उचाइमा पर्ने एक सुन्दर ठाउँमा रहेको भूतको उक्त घरमा चुरोट र पानी चढाउँदा आफ्नो यात्रा सफल हुने विश्वास मानिसहरुको छ ।भूतलाई पानी वा चुरोट नचढाउने मानिस त्यसभन्दा अगाडिको यात्रा गर्न नसक्ने र खुट्टा काँप्न थाल्ने बताइन्छ ।
किम्बदन्ती अनुसार त्यस ठाउँमा झण्डै २० वर्ष पहिले एउटा ट्रक गाडी बिगि्रएको थियो । त्यसबेला यो बाटो त्यति व्यस्त थिएन । एकदुई वटा गाडी तथा निकै कम मात्र मानिस त्यो सडकमा हिँड्दथे । ट्रक बिगि्रएपछि उक्त ट्रकको ड्राइभर खलासीलाई त्यहीँ छोडेर नजिकैको गाउँमा सहयोग माग्नका लागि गएछ ।
गाउँमा पुगेर सहयोग मागी फर्किने क्रममा ठूलो हिमपात भयो जसका कारण उक्त ड्राइभर एक हप्तासम्म फर्किन सकेन । तर जब एक हप्तापछि बिगि्रएकेा ट्रक भएको ठाउँमा आयो खलासीको मृत्यु भैसकेको देख्यो । भोक तथा तिर्खाका कारण खलासीको ज्यान गएछ ।
खलासीको त्यहीँ अन्त्येष्टि गरेर ड्राइभरले गाडी लिएर गयो । त्यस दिनपछि उक्त बाटो हुँदै जुन गाडि अघि बढ्थ्यो उक्त खलासीको अन्त्येष्टि गरिएको ठाउँबाट खानेकुरा र पानी मागेको अवाज सुनिन्थ्योे । जसले मागे अनुसारको खाना र पानी दिन्थे उनीहरुको यात्रा सफल हुन्थ्यो तर खलासीको चिहानलई खाना र पानी नचढाउनेको कुनै कारणवश मृत्यु हुन्थ्यो । त्यो बाटो यति डरलाग्दो भयो की मानिसहरु त्यहाँबाट हिँडडुल तथा गाडी नै गुडाउन छाडे ।
क्याटेगोरी : समाचार
ट्याग : #हाँ भुतलाई चढाइन्छ पानी र चुरोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्