वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षारोपण
विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षारोपण गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो ।
साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नायिका दीपाश्री निरौला, नायक पूर्णविक्रम शाहलगायत ४० अभियानकर्मीको सक्रियता थियो ।
विश्व वातावरण दिवसका अवसरमा आज मेची महाकाली सफाइ अभियानको आह्वानमा ६० स्थानमा वृक्षारोपणसमेत गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोजी गरी उद्यान बनाउने अभियान चलाइएको जानकारी दिनुभयो । वनसचिव कँडेलले आगामी वर्ष देशभर वृक्षारोपणका लागि बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले काठमाडौँ उपत्यकाका नदी किनारमा वन मन्त्रालयसँग सहकार्य गरेर वृक्षारोपण गरिने जानकारी दिनुभयो ।
पूर्व मुख्यसचिव पौडेलले आठ वर्षअघि देखि नै वृक्षारोपणलाई नियमित रुपमा गरिँदै आएको सुनाउनुभयो । विष्णुमती सफाइको ३५४औँ हप्तामा नदी किनारस्थित टोखा नगरपालिका–९ शिवमन्दिर क्षेत्रमा सफाइसहित वृक्षारोपण गरिएको छ ।
विश्व वातावरण दिवसका अवसर पारेर कपुर, बैँस, जामुन जातका ३० बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा विभिन्न टोल सुधार समितिका प्रतिनिधिको सक्रियता थियो । यसैगरी माथिल्लो क्षेत्रको विष्णुमती सफाइ अभियानले पनि नदी किनारस्थित धनेश्वर क्षेत्रमा वृक्षारोपण गरेको अभियानकर्मी रामकुमार श्रेष्ठले सुनाउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #वाग्मती नदी किनारमा वृक्षारोपण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्