धेरै अवसर लिने महतो–भण्डारीको विगतको विवादास्पद छवि
उप–प्रधानमन्त्री बनेका राजेन्द्र महतोको फेरि चर्चा शुरु भएको छ ।
जसपाका नेता महतो ५औँ पटक मन्त्री बनेका छन् । उनलाई प्रधानमन्त्री ओलीले उप–प्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । महतो र भण्डारीलाई तराईको राजनीतिमा ‘मुसा प्रवृत्ति’का नेता भनेर आक्षेप लाग्दै आएको छ ।
आपूर्ति मन्त्री, स्वास्थ्य मन्त्री भएका बेला भ्रष्टाचार गरेको भनेर महतोको आलोचना भएको थियो । महतो विवादित नेताका रुपमा परिचित छन् । महतोले नै नाकाबन्दीका बेला भारततिर बसेर नेपालमा ढुंगामुडा गरेर उत्पात मच्चाएका थिए ।
जसपाबाट खानेपानी मन्त्री बनेका शरतसिंह भण्डारी १५औं पटक मन्त्री बनेका छन् । बिगतमा नेपालबाट तराई टुक्र्याउने अभिव्यक्ति दिएका कारण रक्षामन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।
महतो र भण्डारी धेरै अवसर लिने नेताहरूमा पर्छन् । उनीहरू मन्त्री बन्नका लागि जेपनि सम्झौता गरेर अगाडि बढ्ने नेताको छवि बनाएको चर्चा छ । महतो र भण्डारी लामो समयपछि मन्त्री बनेका छन् ।
भण्डारीको तराई टुक्र्याने अभिव्यक्तिका कारण तत्कालीन प्रधानमन्त्री बबुराम भट्टराईले २०६८ कात्तिक २ गते पदमुक्त गरेका थिए ।
संविधान सभाको दोस्रो निर्वाचनमा महतो र भण्डारी पराजित भएका थिए । महतो आफ्नो गृहजिल्ला सर्लाहीबाट पराजित हुने डरले धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका थिए ।
एमालेको सहयोगमा महतोले नेपाली कांग्रेस उप–सभापति बिमलेन्द्र निधिलाई पराजित गरेका थिए । भण्डारी महोत्तरी क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।
महतो गिरिजाप्रसाद कोइराला नेतृत्वको २०६३ सालको सरकारमा उद्योग वाणिज्य तथा आपर्तिमन्त्री बनेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि महतोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बाबुराम भट्टराईको पालामा महतो स्वास्थ्यमन्त्री बनेका थिए ।
भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनिसकेका छन् । भण्डारी बाबुराम भट्टराई सरकारमा रक्षामन्त्री थिए । भण्डारी २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजेन्द्र महतो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्