चितवनमा नक्कली पत्रकार पक्राउ
चितवन । चितवनमा नक्कली पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कोल्वि नगरपालिका २ खैरा घर भई हाल भरतपुर महानगरपालिका ३ प्रेसमार्गमा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार भेट्वालले आफु प्रधान सम्पादक हुँ भन्दै पल खबर डटकमको परिचयपत्र बोकी हिंडेकोमा थप सोधपुछ गर्दा उनी उक्त अनलाइनको कुनै प्रधान सम्पादक नरहेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताए ।
(एसपी) अधिकारीले भने, पक्राउ परेका उनको साथबाट रामशरण भेट्वाल प्रधान सम्पादक लेखेको प्रेस कार्ड समेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ । यस अघि चितवन प्रहरीले गएको बैशाख ३० गते पनि भरतपुर महानगरपालिका ३ स्थित पुलचोकबाट गैंडाकोट नगरपालिका २ बस्ने बिजय लामिछाने लाइ नक्कली परिचयपत्र सहित पक्राउ गरेको थियो ।
चितवन प्रहरीले निषेधाज्ञाको अवधीमा अहिलेसम्म दुइ जना नक्कली पत्रकारलाइ पक्राउ गर्न सफल भइसकेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले लगाएको निषेधाज्ञाको क्रम्मा जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाउँदै गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्