कालो ढुसीको उपचारमा चाहिने औषधि बंगलादेशबाट नेपाल आउँदै
काठमाडौं । बंगलादेशबाट करिब आठ हजार मात्रा (डोज) कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसको औषधि शनिबार (भोलि) बाट नेपाल ल्याउन शुरु गरिने भएको छ ।
बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले कालो ढुसी उपचारका लागि उत्पादन गरेको औषधि एम्फोटेरिसिन ‘बी’ को पहिलो लट शनिबार नेपाल ल्याउन लागिको हो ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार भारतले नेपाललाई दिने औषधि एम्फोटेरिसिन ‘बी’ मौज्दातका रुपमा राख्ने गरेको भए पनि पछिल्लो समय भारतमा बढ्दै गएको रोगका कारण यसको निर्यातमा प्रतिबन्ध लगाएपछि औषधिको अभाव हुन थालेको थियो ।
भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएका कारण बंगलादेशबाट औषधि ल्याउनु लागेको उहाँले बताउनुभयो ।
नेपालमा अहिलेसम्म १० जनामा कोलो ढुसीका बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कालो ढुसीका बिरामी काठमाडौं, नेपालगञ्ज र वीरगञ्जमा फेला परेका छन् ।
यसअघि कालो ढुसी छिमेकी मुलुक भारतमा फेला परेका थियो ।
पौडेलले कोरोना जस्तै यो रोग नसर्ने भए पनि ४५ देखि ६५ वर्ष उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने बताउनुभयो ।
कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, मास्क धोएर प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘कालो ढुसी’, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्