तुम्लिङटार विमानस्थलमा वुद्ध एयर एटीआर–७२ जहाजको परिक्षण उडान ( फोटो फिचर )
खाँदबारी – पुर्बी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमान स्थलमा वुद्ध एयरको एटीआर–७२ जहाजले परिक्षण उडान गरेको छ । तुम्लिङटार विमान स्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परिक्षण उडान गरेको बुद्ध एयर तुम्लिङटार कार्यालयका सिनियर अफिर राजीव पोख्रेलले बताउनुभयो ।

बुद्धको एटीआर–७२ जहाजले काठमाडौं–तुम्लिङटार परीक्षण उडान गरेको हो । परिक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी डेपुटी डाइरेक्टर जनरल भोलाप्रसाद गुरागाई, फ्लाइट इन्सपेक्टर क्याप्टेन दधिराम निरौला सहितको टोली आज जहाजमा आएका थिए । पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेशन लगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल सहितको टिमले एयरपोर्टको अनुगमन समेत अफिर पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले भन्नुभयो–‘आजको परिक्षण उडाउन सफल भयो, २ हप्ता भित्र यसको रिर्पोट आउने छ ।’ रिर्पोटमा तुम्लिङटार एरपोर्टमा ७२ सिटको उडान योग्य भनि सिफारिस गरे उडान खुल्ला गर्नसाथ एटीआर–७२ ले उडान सुरु गर्ने पोख्रेल बताउनुभयो ।

लकडाउनको केहि दिन अगाडिबाट बुद्धले ४७ सिटको जहाजले काठमाण्डौ–तुम्लिङटार, तुम्लिङटार–विराठनगर उडान सुरु गरेको थियो । बुद्धले हप्ताको सातै दिन काठमाण्डौ–तुम्लिङटार र हप्ताको तिन दिन (आइतबार, बुधबार र शुक्रबार) तुम्लिङटार–विराठनगर उडान गर्दै आएको थियो । तुम्लिङटारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेको छ । यती एयरले ३२ सिट क्षमताको जहाजले उडान गदै आएको थियो ।

क्याटेगोरी : tags, पर्यटन, फोटो फिचर, विशेष, समाचार
ट्याग : #budhha air, #sankhuwasava, #tumlingtar
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्