Techie IT
शुक्रबार, साउन २९,२०८३

छत्रपाटी चिकित्सालयलाई काठमाडौं महानगरले दियो दुईवटा भेन्टिलेटर


काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ ।

मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।

यसैबिच अरनिको समाजले पनि अस्पताललाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #भेन्टिलेटर


तपाईको कमेन्ट लेख्नुहोस्