Techie IT
आईतबार, साउन २४,२०८३

तारकेश्वर नगरपालिकाको “नगर उज्यालो कार्यक्रम” सुरु


काठमाडौं । तारकेश्वर नगरपालिकाले “नगर उज्यालो कार्यक्रम” सुरु गरेको छ ।

नगर प्रमुख रामेश्वर बोहोराले नगर उज्यालो कार्यक्रमलाई सडक कालोपत्रे भइसकेका ठूला सडकहरुमा पहिलो चरणमा गरिएको बताएका छन् ।

पहिलो चरणमा मुख्य सडकहरुमा मात्र पोलसहितको सोलार बत्ति राख्ने काम सुरु गरेको ईन्जिनियर मिलन अर्यालले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ को नगरको नीति तथा कार्यक्रम अन्तर्गत करिव १ करोड ४० लाख बजेटमा दुई ओटा उपभोक्ता समितिमार्फत् काम सुरु गरिएको छ । कोरोना महामारीका कारण टेण्डर गर्न नसकिएको ईन्जिनियर अर्यालले बताएका छन् ।

दोस्रो चरणमा बाँकी सडक र टोल–टोलमा सोलार बत्ति राखिने बताउनु भएको छ । त्यस्तै सिसि क्यामेरा जडान गर्न आफ्नै सोलार पोलमा सुरक्षित हुने नगर प्रमुखले बताएका छन् । अहिले जडान भइरहेको सडक बत्ति उदघाटन कार्यक्रम केही दिनमै गरिने बुझिउको छ ।

 नगरपालिकाले ऊर्जा प्रर्वद्धन कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगर उज्यालो कार्यक्रम अन्तर्गत १४० ओटा पोल र बत्ति राखिनेछन् । जसमा नेपालटारदेखि शुभकामना चोकहुँदै लोकतान्त्रिक चोकसम्म । नेपालटार–शेषमती–सानोपुल सडक । शेषमती–लामबगर–जरंखु–नगरपालिकाको कार्यालयसम्मको सडक । नेपालटार–फुटुङ सडक र नेपालटारपुलहुँदै बोहोरा पुलबाट गुम्बासम्मको सडकमा सोलार लाइट राखिने भएको छ ।

सोलार बत्तीको विशेषता ४० वाटको सोलार एलइडी लाइट, Lithium ion battery १२.८ भोल्ट (७५ एम्पीएर), सोलार प्यानल २०० वाट, पोल रहेको छ । तारकेश्वर नगरपालिकाको नगर उज्यालो कार्यक्रममा यो पहिलो चरणको कार्यक्रम हो । नगरपालिकाले यस कार्यक्रमलाई अर्को वर्षमा पनि निरन्तरता दिने बताएको छ । मुख्य सडकहरुमा सोलार जडान गरिसकेपछि टोल–टोलमा पनि सोलार बत्तिलाई प्राथमिकता दिने नगरको योजना रहेको छ । शौर्य बत्ती वातावरणीय हिसावले सुरक्षित प्रविधिमा आधारित बत्ती हो ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #नगर उज्यालो कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्