संखुवासभा जिल्ला अस्पतालमा आईसियु संचालनका लागि कुनिना शैक्षिक गुठिको सहयोग
संखुवासभा । पहाडी जिल्लामै पहिलो पटक जिल्ला अस्पताल संखुवासभामा आइसियू कक्ष सञ्चालन हुने भएको छ । आइसियू सञ्चालनका लागि विहिबार जिल्ला अस्पताल र गुठी विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसियू कक्ष सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको हो । आईसियु कक्ष कुनिना शैक्षिक गुठीका अध्यक्ष तथा पूर्व–सभासद पासाङ शेर्पा र जिल्ला अस्पताल संखुवासभा बीच दुई पक्षीय संम्झौता भएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिले जति सक्दो चाँडो आइसियु सञ्चालनका लागि कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट नियुक्ति गर्नका लागि कुनिना शैक्षिक गुठीले मासिक तीन लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराउने संम्झौता गरिएको छ । आइसियु संचालनका लागि गुठीले उपलब्ध गराएको रकम अन्यत्र खर्च गर्न नपाइने गरि संम्झौता गरिए हो ।

विशेषज्ञ जनशक्ति ल्याउनका लागि गुठीले सहयोग गरेको गुठीका अध्यक्ष शेर्पाले बताउनुभयो । उँहाले भन्नुभयो –‘मुलुकमा दिनानुदिन मानिसहरु कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाईरहेकाले आफुहरुले सक्ने सहयोग गरिएको छ ।’ विश्वभर नयाँ भेरियन्टको भाइरसका कारण दिनानुदिन मानिसहरुको अकालमा मृत्यू भइरहेको भन्दै कसैको अकालमा ज्यान नजाओस भन्ने उद्वेश्यले आफूहरुले आइसियू संचालनका लागि सहयोग गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।
आवश्यक जनशक्तिका लागि गुठीले ६ महिनाका लागि १८ लाख रुपैयाँ उपलब्ध गराउने सहमती भएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । जिल्ला अस्पताल संखुवासभामा पछिल्लो समयमा धेरै सुधार र प्रगति भईरहेको छ । नयाँ–नयाँ उपकरणहरु जडान गरिरहेको जिल्ला अस्पतालमा दाताको सहयोगमा पूर्वी पहाडी क्षेत्रमा नै पहिलो पटक आइसियु संचालन ल्याउन लागिएको अध्यक्ष शाक्यले बताउनुभयो । २०३३ सालमा निर्माण भएको अस्पताल अहिले ५० वेड सञ्चालनमा रहेको छ । संखुवासभाको १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढि भागका सेवाग्राही जिल्ला अस्पताल संखुवासभा आउने गरेका छन् ।।

क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #hot, #कुनिना शैक्षिक गुठि, #जिल्ला अस्पताल संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्