Techie IT
बुधबार, भदौ १०,२०८३

पार्टीको विवाद समाधानका लागि ईश्वर पोखरेल र योगेश भट्टराईबीच छलफल


जेठ । पार्टीको विवाद समाधानका लागि नेकपा एमालेका महासचिव तथा माधवकुमार नेपाल पक्षका नेता योगेश भट्टराईबीच भेटवार्ता भएको छ ।

वुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुबीच छलफल भएकाे हाे । भेटमा पार्टीलाई एक बनाएर अघि बढ्ने विषयबारे छलफल भएको छ ।

पार्टी एकतालाई बचाएर अघि बढ्न दुई पक्षीय नेताहरुबीच निरन्तर छलफल भइरहेको छ । महासचिव पोखरेलले नेताहरु झलनाथ खनाल र माधव नेपालसँग पनि भेटवार्ता गरिरहेका छन् भने नेपाल पक्षका अन्य नेताहरुसँग पनि एकताका लागि पोखरेलले सक्रियता बढाइरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल र योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्