प्रतिबन्धित औषधीको कारोबार गरेको आरोपमा दुइ जना पक्राउ
प्रतिबन्धित औषधीको कारोबार गरेको आरोपमा चितवन प्रहरीले मेडिकल संचालक सहित २ जनालाइ हिजो (सोमबार) पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर २ पोखरा बसपार्कमा रहेको सत्य भगवती मेडिकल हलका सञ्चालक २९ बर्षिया अभिषेक थापाले प्रतिबन्धित औषधी बिक्री बितरण गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले मेडिकल सञ्चालक थापा सहित खरिद गर्ने भरतपुर महानगरपालिका २ बस्ने १८ बर्षिया आशिष तिवारीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ट्रमा ६८० ट्याब्लेट, अनारगन लेखेको १ हजार १० ट्याब्लेट, ट्रुप्रिन ८१ ट्याब्लेट गरेर एक हजार सात सय एकहक्तर थान ट्याब्लेट बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुबैलाइ थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागी औषधी व्यवस्था बिभाग शाखा कार्यालय बिरगञ्ज बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्