त्रिशूली अस्पताललाई आइसियू श्यया हस्तान्तरण
जिल्ला सहकारी सङ्घ जिल्ला शाखाले त्रिशूली अस्पताललाई पाँच विद्युतीय आईसीयू श्यया र बिरामी मनिटर उपकरण प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको चाप वृद्धिहुँदै गएको छ ।
बचत तथा ऋणको सेवा पु¥याउँदै आएका सहकारीको छाता संस्था सङ्घलाई सो कार्यका लागि ‘नेपाली इन ओकायामा जापान’ नामक संस्थाले पनि सहयोग गरेको जनाइएको छ । सङ्घ अध्यक्ष गोकर्णनाथ न्यौपानेको अनुसार हस्तान्तरित ती उपकरणको मूल्य १८ लाख रहेको छ ।
अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले अस्पतालमा हाल आइसियू श्यया ११ पुगेको छ भने भेन्टिलेटर छ जडान गरिएको छ । अस्पतालले रसुवा र धादिङका कोभिड तथा नन्कोभिड बिरामीलाई समेत सेवा दिदै आएको छ । कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटिपिसिआर प्रयोगशाला, अक्सिजन प्लाण्ट, आइसियू, एचडियू र भेन्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन रहेको छ । पछिल्लो सयम सेवा प्रवाह उत्कृष्ट बन्दै गएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिशूली अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्