जसपा पनि सरकारमा जाने
जेठ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निर्णय केही निर्णय भएको छैन ।
‘सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट प्रस्ताव आएको छ, आउनुस्, सँगै काम गरौं भन्ने प्रस्ताव उहाँबाट आएको हो,’ कर्णले राजधानीसँग भने, ‘तर, हाम्रो पार्टीमा छलफल भएको छैन । छलफल गरेर भन्छौं भनेका छौं ।’
प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोका साथै छलफलमा सरकारले गठन गरेको संविधान संशोधन कार्यदल सदस्यको समेत सहभागिता रहेको छ । कार्यदल सदस्य कर्ण, सुवास नेम्वाङ, राजन भट्टराई र सर्वेन्द्रनाथ शुक्लसमेत छलफलमा सहभागी थिए ।
ओली र ठाकुरबीच यसअघि पनि सरकारमा सहभागी हुने विषयमा कुराकानी हुँदै आएको छ । छलफलमा सहभागी एक नेताका अनुसार ठाकुरले आठ मन्त्री र दुई राज्यमन्त्री पाउनुपर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्री ओलीले गृहबाहेक खाली ६ मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतको दाबी छ ।
‘गृहबाहेक खाली मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभएको छ,’ जसपा स्रोतले भन्यो, ‘हामीले १० मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छौं । तर, अहिले ठोस निर्णय केही भएको छैन ।’
जसपाले संविधान संशोधन, झुठा मुद्दा फिर्ता, जेलमा रहेका नेता रेशम चौधरीको रिहाइ, नागरिकता समस्या समाधानलगायत मुद्दा उठाउँदै आएको छ । सरकारले केही माग पूरा गरेको र केही पूरा हुने प्रक्रियामा रहेकाले जसपा सरकारमा सहभागी हुन सक्ने सम्भावना बढेर गएको छ ।
एमाले नेता नेम्वाङका अनुसार जसपाले उठाउँदै आएको माग तथा सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपाले उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेकाले अहिल्यै सरकारमा सहभागी हुने विषयमा निर्णय भइनसकेको उनी बताउँछन् ।
संविधान संशोधनका लागि गठित कार्यदलले गरिरहेको कामबारे समेत छलफल भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकाले फैसलापश्चात् नै जसपा सरकारमा सहभागी हुने÷नहुनेबारे निर्णय गर्ने ठाकुरको रणनीति छ ।
यद्यपि, एमालेजस्तै जसपामा चर्को विवाद छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विरोधमा छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा भट्टराई र यादव छन् । ओली सरकारमा सहभागी हुने विषयलाई लिएर जसपा फुटनजिक पुगेको छ ।
जसपाभित्र एकअर्कालाई स्पष्टीकरण सोध्ने होडबाजीसमेत चलेको छ । चितबुझ्दो जवाफ नदिएमा कारबाही गरिने चेतावनीयुक्त स्पष्टीकरण सोधिए पनि कसैले जवाफ भने दिएका छैनन् । राजधानी दैनिकमा सुभास साहले समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जसपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्