‘मेरो नेपाल’ नामक फेसबुक पेज अभियानबाट सहयोग गर्ने क्रम जारी
काठमाडौं । ‘मेरो नेपाल’ नामक फेसबुक पेज अभियानबाट लकडाउनमा अप्ठेरोमा परेका वर्गलाई सहयोग गर्ने क्रम जारी छ ।
यही क्रममा सोमबार गोँगबु, धुम्बाराही, मैतिदेवी, कालोपुलका विपन्न तहका घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको अभियन्ता शोभा सापकोटाले खुलानेपाल डट कमलाई जानकारी दिनुभयो । ती क्षेत्रमा २५ घरपरिवारलाई सहयोग गरिएको हो ।
गत विहीवार पनि ४० घर परिवारलाई राहत वितरण गरिएको थियो ।
हाल अमेरिका बस्ने ‘मेरो नेपाल’कै अभियन्ताहरु सुशील पँगेनी र किरण ढकालको आर्थिक सहयोगले राहत वितरण गरिएको हो ।
नेपाली जहाँ रहेपनि नेपालमा परेको अप्ठेरोमा सघाउन हातेमालो गर्ने उद्धेश्यले यो अभियान सुरु भएको हो ।
नेपालमा पँगेनीको पोखरा र ढकालको घर बुटवल हो । दुवै जनाले अमेरिकामा भइरहेको एनआरएनए चुनावको खर्च जोहो गरेर नेपालमा सहयोग पठाएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘मेरो नेपाल’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्