Techie IT
बुधबार, मंसीर ३,२०८३

यस्तो छ विप्लव बस्ने कपिलवस्तुको घर (फोटो फिचर)


। नेकपाका महासचिव विप्लव बस्ने घर सार्वजनिक भएको छ ।

नेपाली राजनीतिमा सँधै चर्चा कमाइरहने विप्लव नेकपालाई सरकारले आफैंले लगाएको प्रतिबन्धलाई खारेज गरिसकेको छ ।

तर, विप्लव भने शहरका ठूला बिल्डिङमा बस्न छोडेर कपिलवस्तुको दुर्गम गाउँको झुपडीमा बसेर राजनीतिक गतिविधी र जनतासँग हातेमालो गर्दै श्रममा आफैं जोडिएका छन् ।

विप्लव  राहत वितरण, आइसोलेशन निर्माण, रक्तदान कार्यक्रम, खाना वितरण, स्वास्थ्य सामाग्री वितरण, अक्सीजन सिलिण्डर संकलन र कृर्षकहरुसँग कृर्षि कार्यमा व्यस्त छन् ।

हिमालयन टेलिभिजनका कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ विप्लवको अन्तर्वार्ता लिनका लागि कपिलवस्तुको विप्लव बस्ने खरको झुपडी मै पुगेका थिए ।

 

बानियाँले फेसबुकमा यस्तो लेखेका छन्

– “राजनीतिमा लागेकाले ठूलो घरमा बस्नै हुन्न भन्ने होइन तर जनताको झुपडी पनि नहुने नेताका महलै महल । यस्तै राजनीतिक परिभाषाभित्र एकजना नेपालको दलीय राजनीतिका आशालाग्दा (कतिपय बेला बिबादित) पात्रलाई खोज्दै जाँदा उनी यहि महलमा फेला परे । महलमा मात्र निद्रा लाग्नेलाई यो महलले गिज्याउँछ होला ।”

बानियाँले ट्वीटरमा यसरी लेखेका छन् – “पत्याउनै गाह्रो, यो झुपडी नेपाली राजनीतिका एकचर्चामा आइरहने पात्रको निवास हो । पत्याउनु हुन्छ ?

 

 


क्याटेगोरी : समाचार
ट्याग : #विप्लव बस्ने कपिलवस्तुको घर


तपाईको कमेन्ट लेख्नुहोस्