नागरिक समाज तथा स्थानिय सरकारबीच को सहकार्यका बिषयमा इन्सेकको छलफल सम्पन्
सरोज ओझा
काठमाडौं, १२ भाद्र ( इन्सेक तीन नम्बर प्रदेश कार्यालयले मंगलवार काठमाडौंमा ुबर्तमान परिपेक्षमा नागरिक समाज तथा स्थानिय सरकारबीच को सहकार्यका अवसर र चुनौतीु बिषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । मानव अधिकार संजाल, काठमाडौंका अध्यक्ष प्रदिप डङ्गोलको अध्यक्षतामा चलेको उक्त छलफल कार्यक्रममा ०३ नम्बर प्रदेशका साम्सदद्वय दिपक निरौला र बेलिमाया घले, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्धब भण्डारी, टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल, इन्सेक(तीन नम्बर प्रदेशका संयोजक कृष्ण गौतम, सिबिनका कार्यक्रम ब्यबस्थापक भरत अधिकारी र काठमाडौं जिल्ला स्थित बिभिन्न नगरपालिकाका प्रतिनिधि तथा सामाजिक संगठन सम्बद्ध नागरिक समाजका प्रतिनिधिको सहभगिता रहेको थियो ।
छलफलका दौरानमा संघिय नेपालमा पछील्लो समयमा नागरिक समाज तथा स्थानिय सरकारबीच हुँदै आएका सहकार्य र समन्वयको अवस्था र दुवै पक्षले भावी दिनमा खेल्नुपर्ने भूमिकाका लगायतका बिषयमा घनिभुत छलफल गरिएको थियो । छलफलका क्रममा जनप्रतिनिधीहरुले आफ्नो धारणा राख्दै स्थानिय तहको बिकास प्रकृयामा नागरिक समाजको भूमिका महत्वपूर्ण रहने बताएका थिए भने स्थानिय तहमा दर्ता भएका तथा सामाजिक गतिबिधीमा सङ्लग्न सबै गैर सरकारी संस्थाहरु सहि ढंगले चल्न नसकेको बेहोरा उल्लेख गरेका थिए । छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिहरुले स्थानिय सरकारले गैर सरकारी संस्थाहरुको बर्गिकरण गरी औचित्य र आवश्क्ताका आधारमा दर्ता प्रकृया सम्पन्न गर्ने तथा सहयोग र समन्वय गर्नुपर्ने बताएका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्