ग्राण्डी अस्पतालमा पिसिआर परीक्षण सञ्चालनमा , एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्ने
काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अत्याधुनिक मेसिन जडान गरी पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको राससलाई जानकारी दिनुभयो । ‘धर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक मेसिनबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्नेछ । उक्त मेसिन जडानका लागि ग्राण्डीले रु एक करोड ५० लाख खर्च गरेको छ ।
“पिसिआर परीक्षण ल्याब जडानसँगै अब बिरामी, अस्पतालका चिकित्सक तथा कर्मचारी पिसिआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था धाउनु पर्दैन”, महाप्रबन्धक सिंहले भन्नुभयो ।
स्वाब सङ्कलन गरेको पाँचदेखि छ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने उक्त ल्याबमा कोभिडबाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्ने ल्याबका प्रमुख डा रञ्जना पराजुलीले जानकारी दिनुभयो ।
“ल्याबमा कोभिडबाहेक एचआइभी एड्स, हेपाटाइटिस, इन्फ्लुएन्जा, जीनलगायतको परीक्षण गर्न मिल्छ”, उहाँले भन्नुभयो । एकपटकमा ९६ जनाको परीक्षण गर्न मिल्ने सो ल्याबमा दैनिक झण्डै ३०० सङ्क्रमितको परीक्षण गर्न मिल्नेछ ।
आगामी दिनमा बिरामीको चापअनुसार सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।
ग्राण्डीले हाल ७० भन्दा बढी कोरोना बिरामीको उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी शय्यामार्फत बिरामीको उपचार हुँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##ग्राण्डी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्