कुन पदका कर्मचारीको तलब कति पुग्यो ? [ सूचीसहित ]
काठमाडौ । वितरणमुखी भनिएको बजेटबाट सरकारले सबै कर्मचारीको तलब एकमुष्ट २ हजार रूपैयाँ बढाएको छ ।
यसअघि कर्मचारीको दर्जा अनुसार प्रतिशतले तलब बढेको थियो ।
सबैको तलव दुई हजार रूपैयाँले बढाइएपछि सबै कर्मचारीको साविकको तलबमा दुई हजार रूपैयाँ थपिएको छ । यो तलब साउनदेखि कार्यान्वयनमा आउनेछ ।
अरु के–के सुविधा ?
यतिमात्र हैन सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका छन् ।
उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।
कोरोना-१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८र७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कर्मचारीको तलब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्