अवैध सालको काठ सहित एक जना पक्राउ
चितवन । चितवनमा अवैध सालको काठ सहित एक जना पक्राउ परेका छन् । आज शनिबार साँझ गस्तिमा खटिएको प्रहरीको टोलीले कालिका नगरपालिका वडा नंम्बर ३ मा रहेको दुई सय बिगाहा भन्ने स्थानबाट अवैध रुपमा सालको काठ सहित सोही ठाउँ बस्ने ३३ बर्षिया जयराम चेपाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चेपाङको साथबाट प्रहरीले काठ चोरीमा प्रयोग गरिएका ५ थान साईकल र ९.३९ क्युफिट सालको काठ समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा थप आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी जिल्ला वन कार्यलय चितवनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी कार्य भईरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्