नेपालमा पनि भेटियो आँखा बिगार्ने ‘कालो ढुसी’
वीरगञ्ज । कोरोना संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड संक्रमण मुक्त भइसकेका वीरगञ्जका २५, ४५ र ५० वर्ष तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको हो ।
फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) ठाकुरले जानकारी दिए । उनले भने, ‘दुई जनाको कन्फर्म भइसकेको छ, एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी छ । ’
पछिल्लो समय कोरोना महामारीले तहसनहस बनाएको भारतमा ‘कालो ढुसी’ भनिने एउटा दुर्लभ प्रकृतिको सङ्क्रमण कोभिड-१९ बाट निको भएका बिरामीहरूमा भेटिएका थिए । महाराष्ट्रमा मात्र दुई हजारभन्दा धेरैमा यो समस्या देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘कालो ढुसी’, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्